Logo

नेप्से २ अंकले घट्यो, कारोवार रकम पनि बढेन

नेप्से २ अंकले घट्यो, कारोवार रकम पनि बढेन


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२२ पुस, काठमाडौं । मंगलबार नेप्से परिसुचक ओरालो लागेको छ । बजार खुलेपछि केही समय उकालो लागेको नेप्से परिसुचक अन्तमा २ दशमलव ३६ अंकले घटेको छ । सोमबार ९ सय १९ दशमलव ७७ अंकमा पुगेर अडिएको नेप्से आज ९ सय १७ दशमलव ४१ अंकमा झरेर अडिएको छ ।

मंगलबार सवैभन्दा बढी बैंकिङ समुहको परिसुचक ओरालो लागेको छ । नेप्से परिसुचकमा बढी प्रभाव पार्ने बैंकिङ समुह ५ दशमलव ६ अंकले ओरालो लागेपछि समग्र नेप्से नै घटेको हो । त्यसैगरी, जलविद्युत् र फाइनान्ससमुहका परिसुचक  पनि ओरालो लागेको छ ।

मंगलबार बीमा, उत्पादनमुलक र विकास बैंक, होटल र अन्य समुहका परिसुचक भने उकालो लागेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL