Logo

भोलिबाट धनकुटा महोत्सव सुरु, महोत्सवको उद्घाटन राष्ट्रपतिले गर्ने

भोलिबाट धनकुटा महोत्सव सुरु, महोत्सवको उद्घाटन राष्ट्रपतिले गर्ने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२२ पुस, काठमाडौं ।  बुधबारबाट धनकुटा महोत्सव सुरु हुने भएको छ । ‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, उद्योग र व्यापार, समुन्नत पूर्वाञ्चल क्षेत्रको आर्थिक विकासको आधार’ भन्ने मूल नाराको साथ भोलिदेखि पूर्वाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी हुन लागको हो ।

महोत्सवको उद्घाटन राष्ट्रपति डा.रामवरण यादवले उद्घाटन गर्दैछन् । महोत्सव धनकुटा उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको सयुक्त आयोजनामा हुन लागको हो । महोत्सवको प्रायोजन निगाले सिमेन्टले गरेको छ । मेलामा करीव १ लाख दर्शकले अवलोकन गर्ने  तथा ५ करोड रुपैयाँ भन्दा बढीको  कारोबार हुने आयोजकले जानकारी दिएको छ ।

पुर्वाञ्चल विकास क्षेत्रमा उत्पादित वस्तु तथा सेवाको बजार विस्तार र प्रवद्र्धन गर्नु नै महोत्सवको मुख्य उदेश्य रहेको मूल आयोजक समितिका संयोजक एवम् धनकुटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष लालचन्द्र गोङ्वा तामाङले बताए ।

तामाङको अनुसार मेलामा १ सय ५० वटा स्टल रहेका छन् । अलैंचीलगायत विभिन्न १९ ओटा वस्तुको प्रचारप्रसार गरी व्यवसाय प्रवद्र्धन गर्ने, पर्यटन स्थलमार्फत पूर्वाञ्चल प्रसिद्ध पर्यटकीय स्थलका बारेमा जानकारी गराउन लगायतका उदेश्य रहेका छन् ।

भोलिबाट सुरु हुने महोत्सव धनकुटाको तल्लो टुँडिखेलमा माघ २ गतेसम्म हुने संयोजक लालचन्द्र गोङबाले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL