Logo

नेप्से २ अंकले बढ्यो, कारोवारमा पनि बृद्धि

नेप्से २ अंकले बढ्यो, कारोवारमा पनि बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२१ पुस, काठकाडौं । सोमबार नेप्से परिसुचक सामान्य रुपमा मात्र बृद्धि भएको छ । आइतबार झण्डै १४ अंकले बृद्धि भएको नेप्से सोमबार २ दशमलव २७ अंकले मात्र बृद्धि भएको छ । बजार खुलेपछि केही समय उच्च रुपमा उकालो लागेको नेप्से त्यसपछि सामान्य रुपमा बढेर ९ सय १९ दशमलव ७७ अंकमा पुगेर अडिएको छ ।

सोमबार बजारमा सवै समुहका परिसुचक सामान्य मात्र बढेका छन् । सवैभन्दा बढी बीमा समुहको परिसुचक १० दशमलव २६ अंकले बढेको छ भने बैकिङ समुहको परिसुचक २ दशमलव ३५ अंकले बढेको छ ।

विकास बैंक समुह र जलविद्युत् समुहको परिसुचक पनि सामान्य मात्र बढेको छ । बजारमा उत्पादनमुलक समुहको परिसुचक भने ओरालो लागेको छ ।

सोमबार कारोवार रकम भने बढेको छ । दिनभर कुल ३१ करोड १५ लाख रुपैयाँ बरावरको ८ लाख २३ हजार कित्ता सेयर कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL