Logo

साताको पहिलो दिन सेयर बजारमा हरियाली, परिसूचक ४५ अंकले बढ्दा सवा ५ अर्बको कारोबार

साताको पहिलो दिन सेयर बजारमा हरियाली, परिसूचक ४५ अंकले बढ्दा सवा ५ अर्बको कारोबार



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हरियाली छाएको छ । कारोबार समयको सुरुवातिदेखि उकालो लागेको नेप्से अन्तिम समयमा ४५.६९ विन्दुले बढेर २०६४.४५ अंकमा पुगेर बन्द भएको हो । आज कारोबार रकम पनि ५ अर्ब २५ करोड १० लाख रुपैयाँभन्दा बढी पुगेको नेप्सेले जानकारी दिएको छ ।

laxmi

आज ३ सय २३ कम्पनीको १ करोड २२ लाखभन्दा बढी कित्ता सेयर ७४ हजार ९ सय ९१ पटक कारोबार भएको हो ।
१४ करोड ८० लाखसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः फस्ट माइक्रोफाइनान्स र हिमालयन लाइफ इन्सुरेन्स परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL