काठमाडौं । एभरेष्ट बैंकका लगानीकर्ताहरुले गत आर्थिक बर्ष २०८१/८२ को नाफाबाट २० प्रतिशत लाभांस पाउने भएका छन् । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले आफ्ना लगानीकर्ताहरुलाई १४ प्रतिशत नगद लाभांस करसहित र ६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४६ लाख माथि छ । बैंकले उक्त लाभांस वितरणका लागि नेपाल राष्ट्र बैंकसँग अनुमति माग गर्ने र राष्ट्र बैंकबाट उक्त निर्णय स्वीकृत भएपछि लाभांस बाँडफाँड गरिने बताएको छ ।