Logo

औपचारिक रुपमै बन्द हुँदै यी २६ सामाजिक संजाल, प्राधिकरणले गर्याे सेवाप्रदायकलाई निर्देशन

औपचारिक रुपमै बन्द हुँदै यी २६ सामाजिक संजाल, प्राधिकरणले गर्याे सेवाप्रदायकलाई निर्देशन



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा संचालनमा रहेका तर सूचीकरण नभएका २६ सामाजिक संजाल प्लेटफर्मलाई निष्क्रिय गर्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले मन्त्रिपरिषद्को भदौ ११ को निर्णयअनुसार नेपालमा सूचीकरण हुन नमानेका विभिन्न २६ प्लेटफर्मलाई निष्क्रिय गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो । निर्देशनमा फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, युट्युब, ट्विटर (एक्स), लिङ्कडिन, स्न्यापच्याट, रेडिट, डिस्कोर्डलगायत २६ वटा सामाजिक सञ्जालहरूको सूची समावेश गरिएको छ, जुन हालसम्म नेपालमा दर्ता हुन आनाकानी गरिरहेका छन् ।

हालसम्म नेपालमा टिकटक, भाइबर र वीच्याट मात्र दर्ता भएका छन् । सूचनामा उल्लेखित २६ वटा सामाजिक सञ्जालहरूमा फेसबुक, फेसबुक म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्विटर ९एक्स०, लिङ्कडिन, स्न्यापच्याट, रेडिट, डिस्कोर्ड, पिन्टेरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा, टम्बलर, क्लबहाउस, मास्टोडन, रम्बल, भीके, लाइन, इमाे, जालो, सोल, हाम्रो पात्रो, र मेवे समावेश छन् । प्राधिकरणले यी प्लेटफर्महरूका डोमेन वा आईपी ठेगानाहरू ब्लक गरेर निष्क्रिय गर्ने प्रक्रिया सुरु गरेको छ, जुन विगतमा टिकटक र टेलिग्राममाथि लगाइएको प्रतिबन्धको जस्तै हो ।

प्रतिक्रिया दिनुहोस्