Logo

सिटिसी मोवाइल एक्स्पो असोज ७ देखि, मोबाइल र एसेसरिजको खरिदमा आकर्षक छुट

सिटिसी मोवाइल एक्स्पो असोज ७ देखि, मोबाइल र एसेसरिजको खरिदमा आकर्षक छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिसी मोबाइल एकस्पो २०१६ असोज ७ देखि शुरु हुने भएको छ । विजया दशमीको अवसरमा आकर्षक छुट र यथेष्ट सुबिधा सहितको मोबाइल एक्स्पो आयोजना गर्न लागेको बताइएको छ ।

असोज १५ गतेसम्म चल्ने एक्स्पाको मुख्य प्रायोजक (टाइटल स्पोन्सर) सामसुङ जेटु सिकस मोबाइल रहेको छ । सिटिसी मोबाइल बजारले गर्न लागेको एक्स्पो सिटिसी मलको ग्राउण्ड फ्लोर (भूइँतल्ला), तेस्रो, चौथो र पाँचौ तल्लामा हुनेछ ।

सिटिसी मोबाइल एक्स्पोको पावर्ड बाइमा कलर्स, जियोनी र लाभा मोबाइल रहेका छन् । यसैगरी मुख्य प्रायोजकमा ओविआई, स्पाइस, एमआई (स्याओमी), एपेक्स डिजिटल, जेटिई, सिजी, इन्टेक्स, रेज, केन्ट, हुवावे, मोबाइल रहेका छन् । सह प्रायोजकमा कार्वन पानासोनिक, टचकन, सेलम्याक्स, मेइजु मोबाइल र टाइम्स रेमिट रहेका छन् ।

एक्स्पोमा ८ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल सेटको खरिद गर्न सकिने छ । कारोबार गरिने एक्स्पोमा ब्राण्डेड मोबाइल र एसेसरिजको खरिदमा आकर्षक छुट सुबिधा उपलब्ध हुनेछ । त्यसका अतिरिक्त केही कम्पनी मार्फत मोबाइलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

एक हप्तासम्म चल्ने एक्स्पोमा निःशुल्क प्रवेश तथा पार्किङको व्यवस्था गरिएको आयोजक सिटीसी मोवाइलका अध्यक्ष सन्दिपमान श्रेष्ठले बताए ।
एक्स्पोमा आउने अवलोकन कर्ताहरुलाई हरेक दिन ६ जना लक्की ड्र मार्फत मोबाइल जित्ने अवसर पनि प्रदान गरिने छ । त्यसका लागि अवलोकनकर्ताले एक्स्पोमा एउटा फारम भर्नुपर्नेछ । बेस्ट सेल्फी अवार्ड र विभिन्न मोबाइल सम्बन्धी क्रियाकलापहरु गरी थुपै्र मोबाइलहरु पुरस्कार स्वरुप प्रदान गरिने बताइएको छ ।

एक्स्पोमा हरेक दिन अफरमा भारी छुटका साथै हरेक दिन लक्की ड्र मार्फत भाग्यशाली अवलोकनकर्ता र खरीदकर्ताहरुलाई प्रत्येक दिन ५ जनालाई मोबाइलको व्यवस्था छ । साथै क्यास रिवेट भौचर जसमा २ हजार ५ सय देखि १० हजार खरिद भौचरहरु प्रदान गरिनेछ ।

यसै एक्स्पो मार्फत दशैं तिहारको अवसरमा फेस्टिभ अफरको पनि शुरुवात गरिने छ । जसमा यस एक्स्पोदेखि दशैं तिहार र छठसम्म यस सिटिसि मोबाइल बजारमा स्मार्टफोन खरिद गर्ने भाग्यशाली विजेतालाई लक्की ड्र मार्फत बम्पर उपहार होण्डा हर्नेट मोटरसाइकलका साथै टिभी, फ्रिज, भ्याकुम क्लिनर, रुम हिटर, वासिङ्गमेशीन र मोबाइलहरु प्रदान गरिनेछ ।

मोबाइल एक्स्पोमा आधुनिक प्रविधिका मोबाइल, ट्याबलेट र एसेसरिजको बिक्री बितरण गरिनेछ । ३ लाखभन्दा बढी अवलोकन कर्ता आउने बिश्वास आयोजकले लिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL