Logo

सोमबार दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

सोमबार दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम पनि खुम्चियो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सोमबार पनि दोहोरो अंकले ओरालो लागेको छ । पछिल्लो समय ओरालो यात्रा तय गरेको नेप्से सोमबार १५.६२ अंकले घट्दै १९ सय ५८ को विन्दुमा झरेर बन्द भएको हो । आज कारोबार रकममा पनि गिरावट आएको छ ।

laxmi

आईतबार ३ अर्व ७९ करोड रुपैयाँ नाघेको कारोबार रकम आज खुम्चिएर २ अर्ब ८९ करोड १३ लाख १९ हजार रुपैयाँमा झरेको हो । आज ३ सय १० कम्पनीका ६९ लाख ७८ हजार ३ सय २१ कित्ता सेयर ४८ हजार ७ सय ९ पटक किनबेच भएका छन् ।

यसरी किनबेच हुँदा आज १ सय ७७ कम्पनीको सेयरमुल्य ओरालो लाग्दा ६२ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । त्यसमध्ये आज सिटिजन लाईफ इन्स्योरेन्सको सबैभन्दा बढी ३१ करोड ९८ लाख ३० हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेपाल फाईनान्स लिमिटेडको १० करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबारमा आएकामध्ये विकास बैंक समहुबाहेकका सबै समुहको परिसुचक ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL