Logo

महाराजगंजमा सेल्सबेरीको नयाँ सुपरस्टोर, पौने ३ अर्ब लगानी

महाराजगंजमा सेल्सबेरीको नयाँ सुपरस्टोर, पौने ३ अर्ब लगानी



काठमाडौं । पोखरा मुख्यालय रहेको सेलवेज क्यास एन्ड क्यारी प्रालिले काठमाडौं महाराजगञ्जमा ‘सेल्सबेरी सुपरस्टोर’ को उद्घाटन गरेको छ । सेल्सबेरी सुपरस्टोरको २१ वैशाख शुक्रबार औपचारिक उद्घाटन ‘ग्रान्ड ओपनिङ’ गरिएको हो ।

laxmi

सेल्सबेरी सुपरस्टोरमा २ अर्ब ७५ करोड रुपैयाँ लगानी भएको कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील प्रधानाङ्‍गले जानकारी दिएका छन् ।

नौ रोपनी क्षेत्रफल ओगटेको १६ तला अग्लो सेल्सबेरी सुपरस्टोर युरोपेली मापदण्ड अनुसार बनेको उनले बताए ।

सुपरस्टोरको पहिलो चार तलामा सवारीसाधनका लागि बेसमेन्ट पार्किङ छ । भुइँ तलादेखि छेटौं तलासम्म डिपार्टमेन्टल स्टोर, सात र आठ तलामा विभिन्न कर्पोरेट कार्यालय, नवौं, १०औं र ११औं तलामा जिम, फिटनेस सेन्टर, स्पा, रेस्टुरेन्ट तथा बार, १२औं तलामा स्विमिङ पुल, ज्याकुजी, बियर गार्डेन, कफी लाउन्ज तथा इभेन्ट सेन्टर रहेका छन् ।

सुपरस्टोरको १३औं तलामा भ्यु टावर रहेको छ जहाँबाट काठमाडौं उपत्यकालाई ३६० डिग्रीमा अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL