Logo

अन्तिम दिन ७ अंकले घटेर बन्द भयो नेप्से, ४ अर्ब बढीको कारोबार

अन्तिम दिन ७ अंकले घटेर बन्द भयो नेप्से, ४ अर्ब बढीको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ७.३१ अंकले घट्दै बन्द भएको छ । आज दिनभर उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिममा एकन अंकले घट्दै १९९८ को विन्दुमा झरेर बन्द भएको हो ।

laxmi

आज कारोबार अवधिभर ३ सय ८ कम्पनीका ९४ लाख ९८ हजार २९४ कित्ता सेयर किनेबेच हुँदा कारोबार रकम भने ४ अर्ब १३ करोड ३३ लाख ६२ हजार रुपैयाँ माथि पुगेको छ ।

आज कुल १ सय ६१ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा जम्मा ७८ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ । आज कारोबारमा आएकामध्ये लघुवित्त र व्यापारबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL