Logo

नेप्से २ हजार माथि उक्लियो, दोहोरो अंकले बढ्दा पौने ५ अर्बको कारोबार

नेप्से २ हजार माथि उक्लियो, दोहोरो अंकले बढ्दा पौने ५ अर्बको कारोबार



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) विन्दु २ हजार माथि उक्लिएको छ । पछिल्लो समय लगातार दबावमा रहेको नेप्से मंगलबार भने उकालो लागेको हो ।

laxmi

मंगलबार कारोबार समयको सुरुवातिदेखि उकालो यात्रा तय गरेको नेप्से २५.९३ अंकले बढ्दै २ हजार ६ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कुल ३ सय २० कम्पनीको १ करोड १८ लाख ३८ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम पनि ४ अर्ब ८० करोड माथि पुगेको हो ।

आज बजारमा कारोबार भएकामध्ये वित्त समुहबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् । आज वित्त समुहको परिसुचक २६.३० अंकले ओरालो लाग्दा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक २४५ अंकले उकालो लागेको छ ।

यस्तै आज विकास बैंक समुहको परिसुचकमा १९६ अंकको वृद्धि हुँदा होटल तथा पर्यटन समुहको परिसुचकमा १२५, जीवन बीमा समुहको परिसुचकमा ९६ र लघुवित्त समुहको परिसुचकमा ५६ अंकको वृद्धि देखिएको छ । आज बैंकिङ समुहको परिसुचक ११ अंकले बढ्दा जलविद्युत समुहको परिसुचक ३८ अंकले बढेको छ ।

आज कुल कम्पनीमध्ये २ सय १५ कम्पनीको सेयरमूल्य उकालो लाग्दा २६ कम्पनीको सेयरमूल्यमा गिरावट देखिएको छ । आज कर्पाेरेट डेभलपमेन्ट बैंक र इनफीनिटी लघुवित्त कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL