Logo

बुढानिलकण्ठको क्लासिक भ्यु रिसोर्टले आइपीओ जारी गर्दै, विक्री प्रवन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

बुढानिलकण्ठको क्लासिक भ्यु रिसोर्टले आइपीओ जारी गर्दै, विक्री प्रवन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त



काठमाडौं । क्लासिक भ्यु रिसोर्टले प्राथमिक सेयर (आइपीओ) जारी गर्ने भएको छ । काठमाडौंको बुढानिलकण्ठस्थित डाँडागाउँमा रजिष्ट्रार कार्यालय रहेको क्लासिक भ्यु रिसोर्ट प्रालिले १ सय अंकित दरका १० लाख ५० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो ।

laxmi

यसका लागि कम्पनी र एनआईसी एशिया क्यापिटलबीच सेयर निष्काशन तथा विक्री प्रवन्धन नियुक्ती गर्नेसम्बन्धी सम्झौता भएको हो ।

एनआइसी आइडीया टु आइपीओ सेवा अन्तर्गत क्लासिक भ्यु रिसोर्टसँग उक्त सम्झौता गरेको हो । कम्पनीले जारी पुँजीको १४ प्रतिशत सेयर जारी गर्न लागेको हो ।

क्लासिक भ्यू रिसोर्ट बुडानिलकण्ठ, काठमाडौंमा अवस्थित १९ रोपनीको क्षेत्रफलमा निर्माणधिन अवस्थामा रहेको छ । हालसम्म उक्त रिसोर्टको ६५ प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको छ । रिसोर्टको अध्यक्ष मुकुन्द राज कुँवर लगायत अन्य संचालक तथा संस्थापक सेयरधनीहरुको रियल इस्टेट लगायत अन्य व्यवसायमा एक दशक भन्दा बढीको अनुभव हाशिल गरेका विज्ञ छन् ।

क्लासिक भ्यु रिसोर्ट त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट नजिकको दुरीमा अवस्थित रहेको हुँदा स्वदेशी तथा विदेशी प्रर्यटकको पहिलो रोजाइको रिसोर्ट हुन सक्ने कम्पनीले जानकारी दिएको छ । साथै क्लासिक भ्यु रिसोर्ट संचालनको लागि भारतीय ख्याती प्राप्त ब्राण्ड सरोवरको रोयल टुपिलसँग व्यवस्थापकिय सम्झौता समेत सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL