Logo

नयाँ वर्षमा बजाजको ‘नव आरम्भ’ योजना, १ लाखसम्मको उपहार जित्ने मौका

नयाँ वर्षमा बजाजको ‘नव आरम्भ’ योजना, १ लाखसम्मको उपहार जित्ने मौका



काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’ योजना सार्वजनिक गरेको छ । बजाजले नयाँ वर्षमा ग्राहकहरुलाई विभिन्न आकर्षक छुट, उपहार र सुविधाहरु प्रदान गर्ने गरी उक्त योजना सार्वजनिक गरेको हो ।

laxmi

बजाजको ‘नव आरम्भ’ योजना अन्तर्गत ग्राहकहरुले बजाजका कुनै पनि बाइक किन्दा आकर्षक छुट पाउनेछन् । यस्तै भाग्यशाली विजेताहरुले १ लाख रुपैयाँसम्मको नगद उपहार पनि जित्न सक्ने कम्पनीले जानकारी दिएको छ । यससँगै ग्राहकहरुले ३६ महिनाको इएमआई अफरमा पनि बजाज बाइक खरिद गर्न पाउनेछन् जसमा ग्राहकलाई किस्ताको रकम धेरै कम हुनेछ । त्यसैगरी ३० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्ने विकल्प पनि ग्राहकहरुसँग उपलब्ध हुनेछ ।

योजनाको बारेमा चर्चा गर्दै कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले नयाँ वर्षको अवसर पारेर ग्राहकहरुका लागि यो योजना सार्वजनिक गर्न पाउँदा खुसी भएको बताए । ग्राहकवर्गको आवश्यकतालाई बुझेर उक्त योजनामा स्योर सट क्यास डिस्काउन्ट, कम किस्तामा इएमआई र डाउन पेमेन्टजस्ता अफरहरु लिएर आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL