Logo

गल्फ लुब्रिकेन्ट्सद्वारा मेकानिक्सहरुलाई टेक्निकल प्रशिक्षण सञ्चालन

गल्फ लुब्रिकेन्ट्सद्वारा मेकानिक्सहरुलाई टेक्निकल प्रशिक्षण सञ्चालन



काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले अमलेखगंजस्थित आफ्नो फ्याक्ट्रीमा मेकानिक्सहरुलाई टेक्निकल प्रशिक्षण सञ्चालन गर्नुको साथै फ्याक्ट्री भिजिट कार्यक्रम सञ्चालन गरेको छ ।

laxmi

सुदुरपश्चिम क्षेत्रका ३० भन्दा धेरै मेकानिक्सहरुले सहभागिता जनाएको सो कार्यक्रममा सिप विकाश गर्नका लागि चाहिने सान्दर्भिक टेक्निकल तालिम प्रधान गर्नुको साथै उनीहरुको गल्फ लुब्रिकेन्ट्सप्रतिको मनोबल अझै वृद्धि गर्ने उद्देश्यले फ्याक्ट्री भिजिट पनि गराएको थियो । नेपालकै अत्याधुनिक फ्याक्ट्रीहरु मध्ये एक यो फ्याक्ट्रीको उत्पादन प्रक्रिया र यहाँ प्रयोग हुँने उच्चस्तरिय टेक्नोलोजीहरुको बारेमा पनि बिस्तृत जानकारी गराईएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल ल्यूब आयलका नायब महाप्रबन्धक हिरालाल रावतले भने, ‘मेकानिक्स साथीहरुको सिप बिकाशमा हामी हरदम प्रतिबद्ध छौँ र यही अनुरुपको कार्यक्रम आगामी दिनहरुमा पनि संचालन हुनेछन् । गल्फ लुब्रिकेन्ट्सको अन्तर्राष्ट्रिय मापदण्डको पालना, उत्पादनको हरेक चरणमा लागु गरिएको क्वालिटी कन्ट्रोल र यहाँ प्रयोग हुने अत्याधुनिक प्रविधिको वास्तविक आँखा अगाडि जानकारी दिनु पाउँदा गल्फ लुब्रिकेन्ट्स प्रतिको विश्वास बढेको हामीले यो कार्यक्रममा अनुभूति गरेका छौँ ।’

नेपाल ल्युब आयल लिमिटेडका आधिकारिक विक्रेता सयपत्री स्टोर्सको सहकार्यमा संचालित कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका प्रादेशिक बजार व्यवस्थापक राजन रावलले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL