Logo

एनआईसी एशिया क्यापिटलबकाे सातौं वर्ष पुरा, ७ वटा सेवामा बम्पर अफरको योजना

एनआईसी एशिया क्यापिटलबकाे सातौं वर्ष पुरा, ७ वटा सेवामा बम्पर अफरको योजना



काठमाडौं । एनआईसी एशिया क्यापिटलले आफ्नो सातौं बर्ष पूरा गरेको छ । क्यापिटल स्थापना भएको छोटो अवधिमै एक सक्षम, प्रगतिशील र गतिशील संस्थाको छवि बनाई सर्वसाधारणहरुको माझमा पहिलो रोजाइको क्यापिटल बन्न सफल भएको हो । आधुनिक प्रविधिको अनुशरण गरी सर्वसुलभ रुपमा मर्चेण्ट बैंकिङ सेवा उपलब्ध गराई यस क्षेत्रमा नेपालको एक नेतृत्वदायी मर्चेण्ट बैंकिङ कम्पनीको भुमिका निभाउन सक्षम भई समग्र व्यवसाय उत्साह जनक रुपमा विस्तार गर्न सफल भएको कम्पनीको दावी छ ।

laxmi

क्यापिटल संचालनमा आएको छोटो अवधिमा नै आफ्नो सेयरधनीलाई १८७.४८ प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ ।
क्यापिटलले सातौं वर्ष पुरा गर्दै गर्दा निक्षेप सदस्य सेवा अन्तर्गत ७ लाख २६ हजार भन्दा बढी डिम्याट खाता खोल्न सफल भएको छ । सामूहिक लगानी कोष सेवा अन्तर्गत एउटा खुलामुखी र ५ वटा बन्दमुखी योजना मार्फत ५.६ अर्ब रुपैयाँभन्दा बढी रकम परिचालन गरिरहेको छ भने पोर्टफोलियो व्यवस्थापन सेवा अन्तर्गत ६ सय ७५ जना भन्दा बढी ग्राहकहरुबाट २ अर्ब रुपैयाँ भन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको छ ।

क्यापिटलले मर्चेण्ट बैंकिङ सेवा अन्तर्गत समेत छोटो अवधिमा नै २२ वटा कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आईरहेको छ भने निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म १६ वटा कम्पनीको प्राथमिक सेयर निष्काशन, २ वटा बैंकको डिबेन्चर निष्काशन, ४ वटा कम्पनीको हकप्रद सेयर निष्काशन र ३० वटा भन्दा बढी कम्पनीको संस्थापक समूहको सेयर बोलकबोल मार्फत बिक्री गर्ने कार्य सम्पन्न गरिसकेको छ ।

क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा क्यापिटलबाट प्रदान गरिरहेको ७ वटा प्रमुख सेवाहरुमा ‘सातौं वार्षिक उत्सवः सातै दिन, सातै हप्ता, सातै सेवामा सातै अफर’ योजना सार्वजनिक गरेको छ । उक्त योजनाहरु फागुन २२ गतेदेखि मिति २०८१ बैशाख ११ गतेसम्म मात्र संचालनमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL