Logo

निक्षेपको ब्याजदर घट्दा सेयर बजारमा उत्साह, १५.३३ अंकले बढ्यो नेप्से सूचक

निक्षेपको ब्याजदर घट्दा सेयर बजारमा उत्साह, १५.३३ अंकले बढ्यो नेप्से सूचक



काठमाडौं । माघ महिनाको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । फागुन महिनाको लागि वाणिज्य बैंकले मुद्दति निक्षेपको ब्याजदर घटाउँदा सेयर बजारमा उत्साह देखिएको हो ।

laxmi

माघ महिनाको अन्तिम कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से सूचक १५.३३ अंकले बढेर २१०१.१६ बिन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन आइतबार सेयर साढे १० प्रतिशतले घटेको थियो । सोमबार नेप्से सूचकमा उत्साह देखिएको भएता पनि कारोबार रकम भने आइतबारको तुलनामा केहि घटेको छ ।

सोमबार ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सोमबार ३ सय १४ कम्पनीको १ करोड १ लाख ८ सय १ सय २२ कित्ता सेयर ७५ हजार १ सय ५ पटक किनबेच भएको छ ।

यसदिन कारोबारमा आएको १ सय ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने, ४५ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य यथावत रहेको छ । कारोबारमा आएको ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कारोबारमा आउको १३ कम्पनी उपसमूहमध्ये १ उपसमूहको मात्र सेयर मूल्य घटेको छ ।

बाँकी १२ उपसमूहको सेयर मूल्य बढेको छ । आज सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमूहतर्फको सेयर मूल्य बढेको छ । आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २३ करोडमाथिको सेयर कारोबार भएको छ । यसैगरी, एनआरएन इन्फ्रास्टक्चर, एनआईसी एशिया बैंक, नेपाल इन्स्योरेन्स, सोनापुर मिल्स, पिपुल्स पावर, हिमालयन डिष्टिलरी, भिजन लुम्बिनी, दोर्दी खोला र डाङी गुप्रको सर्वाधिक कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL