Logo

फुजी स्प्रिङ–चेम्बर एक्स्पोको पार्टनर कन्ट्रीमा जापान, गोल्डेन स्पोन्सरमा हेरिटेज कार्पेट

फुजी स्प्रिङ–चेम्बर एक्स्पोको पार्टनर कन्ट्रीमा जापान, गोल्डेन स्पोन्सरमा हेरिटेज कार्पेट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आगामी असोज ७ गतेदेखि हुने चेम्बर एक्स्पोको पार्टनर कन्ट्रीको रुपमा जापान रहेको छ । वाणिज्य मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा नेपाल चेम्बर अफकमर्शले गर्न लागेको नेपाल चेम्बर एक्स्पो २०७३ मा जापानले पार्टनर कन्ट्रीको रुपमा सहभागिता जनाउने भएको छ । चेम्बरले यो मेलालाई माउण्ट फुजी स्प्रिङ इंक–चेम्बर एक्स्पो २०१६ को रुपमा आयोजना गर्ने भएको छ ।

नेपाली उत्पादनको बजारिकरण तथा अन्तरराष्ट्रिय व्यापारिक समुदायलाई प्रत्यक्ष सहभागी गराई नयाँ अवसरहरू प्रसस्त गरी चलायमान आर्थिक वातावरणको विकास गर्ने उद्देश्य अनुरुप मेला आयोजना गर्न लागिएको हो । मेलामा कृषिजन्य उत्पादन, आन्तरिक औद्योगिक उत्पादन, हस्तकला तथा अन्य स्वदेशी उद्यमी व्यवसायीको सहभागीता रहने छ ।

सो मेलाले हस्तकला, कृषि, खाद्य, फर्निचर, पोशाक, निमार्ण सामग्री, छालाजन्य वस्तु तथा विभित्र नेपाली उत्पादनका सामग्रीका साथै अटोमोवाइल, इलोक्ट्रोनिक्स सामान, फ्लोरिङ एण्ड फर्निसिङ, होम डेकोर, किचेनका सामान, फेसन वेयर, मोवाइल एसोसोरिजजस्ता सामग्री हरु उपलब्ध हुने छन् ।

एक्स्पोमा २ सय ७० वटा स्टलहरू रहने छन् । सो मेलामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनीले सहभागिता जनाउने छन् । यस पटकको एक्स्पोको मुख्य प्रायोजकमा जापानको माउण्ट फुजी स्प्रिङ्गस् इंक रहेको छ । यसैगरी हेरिटेज कार्पेट र सिजी मोवाइलले गोल्डेन स्पोन्सरको रुपमा सहभागिता जनाउने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL