Logo

सेबोनको निमित्त अध्यक्षमा नवराज अधिकारी, संचालक समितिको बैठक बोलाउने जिम्मेवारी

सेबोनको निमित्त अध्यक्षमा नवराज अधिकारी, संचालक समितिको बैठक बोलाउने जिम्मेवारी



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को निमित्त अध्यक्षको जिम्मेवारी डा. नबराज अधिकारीले पाएका छन । आइतबार मन्त्रिस्तरिय निर्णय गर्दै अर्थमन्त्रालयले अधिकारीलाई बरिष्ठ कर्मचारीको हैसियतमा निमित्त अध्यक्षको जिम्मेवारी दिएको हो ।

laxmi

गत पुस २० गतेदेखि नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन छ । निवर्तमान अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।त्यस्तै, सरकारले नयाँ अध्यक्षको नियुक्ति नहुँदासम्मका लागि अधिकारीलाई बोर्डको दैनिक प्रशासन र सञ्चालक समितिको बैठक बोलाउने अधिकार दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL