Logo

नेपाल फाईभ पि अन्तरराष्ट्रिय प्रदर्शनी आयोजना हुँदै, १५० बढी स्टल रहने

नेपाल फाईभ पि अन्तरराष्ट्रिय प्रदर्शनी आयोजना हुँदै, १५० बढी स्टल रहने



काठमाडौं । चौथौ नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस्ले अघिल्ला वर्षहरुझैं यस वर्ष पनि यहि २०८०, पुष ५,६ र ७ गते भृकुटीमण्डप, काठमाडौँमा उक्त प्रदर्शनी आयोजना गर्न लागेका हुन् ।

laxmi

उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १ सय ५० भन्दा बढी स्टलहरु रहने आयोजकले जानकारी दिएको छ ।
नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाउँमा ल्याएर ब्यापार साझेदारि, नविनतम प्रविधी प्रदर्शन र संवाद गर्न साझा मंच प्रदान गर्ने एक मात्र उद्योग – व्यापार विशेष अन्तर्राष्ट्रिय प्रदर्शनी हो । उक्त प्रर्दशनीमा देश भरीबाट बढी भन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधि आदिले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा बिश्वास लिइएको छ ।

उक्त प्रदर्शनी मार्फत ति पाँच बिधामा संचालन भएका उधोग र व्यापार व्यवसायहरलाई निर्यातका नयाँ अवसरहरु, नविनतम प्रविधिसंग सात्क्षात्कार गराउनुका साथै बिभिन्न उद्योगहरु बिच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन् ।

यस प्रदर्शनिमा प्लास्टिक प्रोसेसिङ् मेसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मेसिन, प्रिन्टिङ् मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मेसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मेसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुको सहभागिता रहने छ ।

“सप्लायर्स र उत्पादकहरुको साझा मंच मात्र नभएर नेपाल फाईभ पीले समृद्द नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पुर्याउनका साथै संसार भरिका उत्कृष्ट प्रविधि र प्रयासहरुलाई भित्राउने छ”, नेपाल फाईभ पि एक्स्पो का आयोजकले दावि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL