Logo

नेपाल अन्तरराष्ट्रिय व्यापार मेलाको तयारी अन्तिम चरणमा, चीनका मात्रै ५५ स्टल रहने

नेपाल अन्तरराष्ट्रिय व्यापार मेलाको तयारी अन्तिम चरणमा, चीनका मात्रै ५५ स्टल रहने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तरराष्ट्रिय व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर १४ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलामा अधिकांश स्टल बुक भईसकेको आयोजनकले जानकारी दिएको छ ।

laxmi

मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका देशहरूको सहभागिता रहने छ । मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा मेड इन नेपाल पेभेलियन र जुत्ता उत्पादक संघको तर्फबाट ४० वटा स्टल सहितको पेभेलियन रहने छ ।

त्यस्तै मेलामा चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८–८ वटा स्टलहरू रहने छन् । २१० वटा स्टलहरू मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ ।

नेपाल सरकाररउद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा मेला आयोजना हुँदै आएको छ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नवौँ संस्करण हो ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न एक सशक्त माध्यम बन्दै आएको छ । मेलामा नेपालको औद्योगिक व्यावसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास लिइएको छ । सो अवसरमा चीनको गान्छु प्रदेशबाट १२ जना व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यापारिक प्रतिनिधिमण्डल बिच छलफल एवं बिजनेस म्याचमेकिङ कार्यक्रम समेत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL