Logo

६६ हजार इन्डेक्स पुगेको भारतमा कुल जनसंख्याकाे साढे ५ प्रतिशत मात्रै सेयर बजारमा, १९ सय रहेको नेपालमा २० प्रतिशत

६६ हजार इन्डेक्स पुगेको भारतमा कुल जनसंख्याकाे साढे ५ प्रतिशत मात्रै सेयर बजारमा, १९ सय रहेको नेपालमा २० प्रतिशत



काठमाडौं । भारतमा सेयरको कारोबार गर्न आजभन्दा ४८ वर्ष अघि बम्बई स्टक एक्सचेञ्ज स्थापना भयो । एक सय ४८ वर्ष अघिदेखि सेयरको कारोबार हुन थालेको भारतमा कुल जनसंख्याको ५.५ प्रतिशत जनसंख्या मात्रै सेयर बजारमा आवद्ध छन् । तर आजभन्दा ३० वर्ष अघिदेखि सेयर कारोबार हुन थालेको नेपालमा कुल जनसंख्याको २० प्रतिशतभन्दा बढी जनसंख्या सेयर बजारमा आवद्ध भैसकेका छन् ।

laxmi

हाल नेपालमा करिव ३ करोड जनसंख्या छ । तर डिम्याट खातालाई आधार मान्ने हो भने ६० लाख जनसंख्या सेयर बजारमा आवद्ध छन् भने आईपीओ भर्नेकै संख्या १५ लाख माथि पुगिसकेको देखिन्छ । नेपालको सेयर बजारको विकास भने ज्यादै न्यून छ भने नेप्से इन्डेक्स १९ सय अंकको हाराहारीमा छ ।

तर १ अर्व ४४ करोड जनसंख्या रहेको भारतमा भने ८ करोड जनता मात्रै सेयर बजारमा आवद्ध छन् । भारतमा बम्बई स्टक एक्सचेञ्जको इन्डेक्स बढेर ६६ हजार माथि पुग्दा पनि प्रतिशतको आधारमा जनताको आबद्धता एकदमै न्यून रहेको छ । तर नेपालमा नियामक निकाय धितोपत्र बोर्डको १० कित्ते नीतिका कारण जनसंख्याको २० प्रतिशतभन्दा बढी मानिस सेयर बजारमा आवद्ध भएका छन् बजार भने झन खस्किँदो अवस्थामा छ ।

सेयर बजारमा सबैलाई आवद्ध गराउने नेपाल सरकारको अब्यवहारिक घोषणा र नियामकको १० कित्ते नीतिका कारण बजारमा सेयर बजार सम्बन्धी ज्ञान नभएका व्यक्तिहरुको प्रवेश बढी हुँदा बजारमा नकारात्मक प्रभाव परेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘सरकारको नीतिका कारण बजारमा जस्तो व्यक्तिको पनि प्रवेश भयो,’ एक लगानीकर्ताले भने, ‘सीमित टाठाबाठाले त्यसलाई दुरुपयोग गरी सोझा जनतालाई फसाउने काम गरे ।’ जसको फलस्वरुप बजारको वृद्धि हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
MBL