Logo

डिशहोमको अभियानअन्तर्गतको विजेतालाई पुरस्कार रकम प्रदान

डिशहोमको अभियानअन्तर्गतको विजेतालाई पुरस्कार रकम प्रदान



काठमाडौँ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत रानिवास भोजपुरका भुपाजित राईले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । राईको घरमानै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधिले उनको अनुपस्थितिमा परिवारलाई नगद रु एक लाख हस्तान्तरण गरेको हो ।

laxmi

एक कार्यक्रमको आयोजना गरी सम्मान सहित उक्त पुरस्कार रकम प्रदान गरिएको कम्पनीले जनाएको छ । २०८० असोज ८ गते सोमवार भएको लक्की ड्र मार्फत रानिवास भोजपुरका राईले नगद रु एक लाख जितेको डिस होमले जनाएको छ ।

नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दसैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको हो । त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL