Logo

जस्मिन पेन्ट्सको रंगिन पल खुसी डबल योजना, भित्ते घडीदेखि स्कुटरसम्म जित्ने मौका

जस्मिन पेन्ट्सको रंगिन पल खुसी डबल योजना, भित्ते घडीदेखि स्कुटरसम्म जित्ने मौका



काठमाडौं । जस्मिन पेन्ट्सले आउँदै गरेका चाडपर्वहरुलाई लक्षित गरी ‘रंगिन पल खुशी डबल’ योजना सार्वजनिक गरेको छ । कम्पनीले रङको खरिदमा विभिन्न आकर्षक उपहार प्रदान गर्नेगरी उक्त योजना सार्वजनिक गरेको हो ।

laxmi

भदौ १ गतेदेखि मंसिरसम्म लागू हुने उक्त योजनामा डिलरहरुबाट कम्तिमा ७५ हजार रुपैयाँसम्मको रङ खरिद गरेर उक्त योजनाको लाभ लिन सकिने कम्पनीले जानकारी दिएको छ । भ्याटसहित कम्तिमा ७५ हजार रुपैयाँ बराबरको जस्मिन पेन्ट्सको उत्पादनहरुको खरिदमा एक लक्की ड्र कुपन प्राप्त गर्न गर्न सकिन्छ ।

विजेताको घोषणा लक्की ड्र कार्यक्रम को प्रत्यक्ष प्रसारण मार्फत गरिनेछ । जस अन्तग ४ सय जना ग्राहकहरुले बिभिन्न उपहार पाप्त गर्न सक्नेछन् । जस अन्तर्गत १ जनाले यमहा रे जेड स्कुटर, ७ जनाले रेडमी १२ स्मार्ट मोबाईल फोन, २० जनाले स्मार्टवाच, ४५ जनाले इलेक्ट्रिक राईस कुकर र ३ सय २७ जनाले आकर्षक भित्ते घडी प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL