Logo

नेपाल एसबीआई बैंक र जीआर फूडबीच सम्झौता, सम्राट क्याफेमा बैंकका ग्राहकलाई विशेष छुट

नेपाल एसबीआई बैंक र जीआर फूडबीच सम्झौता, सम्राट क्याफेमा बैंकका ग्राहकलाई विशेष छुट



काठमाडौं । नेपाल एसबीआई बैंक र जीआर फूड एन्ड वेभरेज प्रालिबीच सम्झौता भएको छ । बिराटनगरमा रहेको उक्त कम्पनीमा नेपाल एसबीआई बैंकका ग्राहकलाई छुट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

laxmi

उक्त सम्झौतापश्चात बैंकका भिसा, डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुले सम्राट क्याफे एन्ड पबमा कार्ड र मोबाईल बैंकिङ प्रयोग गरी भुक्तानी गरेमा बिशेष छुट हुने भएको छ । उक्त सम्झौता बैंकका कोशी प्रदेश प्रमूख रबिन घिमिरे र जीआर फूड एन्ड वेभरेज प्रालिका महाप्रबन्धक श्याम प्रसाद शाहबीच सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL