Logo

ललितपुरको कुसुन्तीमा एमजीको सर्भिस सेन्टर, फराकिलाे वेटिंग लाउन्जसहित उत्कृष्ट सेवा

ललितपुरको कुसुन्तीमा एमजीको सर्भिस सेन्टर, फराकिलाे वेटिंग लाउन्जसहित उत्कृष्ट सेवा



काठमाडौं । अटोमोटिभ ब्रान्ड एमजीको लागि नेपालको आधिकारिक आयातकर्ता तथा वितरक प्यारामाउन्ट मोटर्स ललितपुरको कुसुन्तीमा आफ्नो सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले उक्त सर्भिस सेन्टरको उद्धघाटन गरिएको हो ।

laxmi

नेपाली ग्राहकहरुको बढ्दो आवश्यकतालाई सम्बोधन गर्न यस सर्भिस सेन्टरको स्थापना गरिएको कम्पनीले जनाएको छ । सर्भिस सेन्टरले एमजीका नेपाली ग्राहकहरुलाई सर्वोत्कृष्ट आफ्टर सेल्स सेवा प्रदान गर्दै उच्चतम अनुभव सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

३२ हजार ८५६ वर्ग फिट (६ रोपनी) को क्षेत्रमा फैलिएको यस सर्भिस सेन्टरमा विभिन्न सुविधाहरू रहेका छन् । यस सर्भिस सेन्टरमा थुप्रै सर्भिस एरियाहरू, फराकिला वेटिंग लाउन्जहरू, कस्टमर सर्भिस डेस्कहरू, सुसज्जित मेन्टेनेन्स र रिपेयर सेक्सनहरू, पर्याप्त स्टोरेज स्थानहरू, प्रशासनिक अफिसहरू र अन्य विभिन्न सुविधाहरू उपलब्ध छन् ।

ललितपुरको कुसुन्तीमा अवस्थित यस नयाँ सर्भिस सेन्टरले आधुनिक पूर्वाधार, अत्याधुनिक उपकरण तथा अटोमोटिभ प्रविधिहरूमा प्रशिक्षित उच्च दक्ष प्राविधिकहरूको टोली रहेका छन् । एमजीका गाडीहरूलाई उच्च स्तरीय मर्मत तथा वारेन्टी आवश्यकताहरू प्रदान गर्न र ग्राहकहरुलाई व्यापक, सहज तथा प्रभावकारी आफ्टर सेल्स सेवा प्रदान गर्न यस सर्भिस सेन्टरको डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

प्यारामाउन्ट मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सचिन अर्यालले विशेषज्ञताका साथ एमजी गाडीहरु सर्भिस गरिने बताए । कार्यक्रममा बोल्दै उनले भने, ‘हाम्रा ग्राहकहरूलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्ने निरन्तर प्रतिबद्धता अन्तर्गत कुसुन्तीमा यस अत्याधुनिक सर्भिस सेन्टरको उद्घाटन गर्न पाउँदा हामी हर्षित छौं । यस सर्भिस सेन्टरले ग्राहकवर्गलाई विश्व स्तरीय अनुभव प्रदान गर्दै सावधानीपूर्वक र विशेषज्ञताका साथ एमजी गाडीहरु सर्भिस गरिनेमा विश्वस्त हुन सकिन्छ ।’

उनका अनुसार सर्भिस सेन्टरमा ११ बे, हाइ इभि दाइग्नोसिस टुल, एक पटकमा ३ कार वासको सुविधा, हाइब्रिड एसी रिकभरी, उच्चतम प्रविधियुक्त पेन्ट बुथ, क्यारोलिनर कोलिजन रिपेर, फ्लुक द्वारा निर्मित आइसोलेटेड टेस्टिंग टुलहरू लगायत एउटा डिसी चार्जर र एउटा एसी चार्जर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL