Logo

५१ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि २ अर्ब २० करोड माथि

५१ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि २ अर्ब २० करोड माथि



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेकाे र बढेपनि धिमा गतिमा बढिरहेको नेप्से मंगलबार भने ५१.३१ अंकले बढेको हो । आज बजार उच्च अंकले बढ्दा नेप्सेले १९ सय ४२ को विन्दु पार गरेको छ ।

laxmi

आज कारोबार अवधिभर २ सय ७१ कम्पनीका ६० लाख ६७ हजार ४ सय ३२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब २० करोड रुपैयाँ नाघेको छ ।

आज दिनभरको कारोबारमा २ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा २ सय १९ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । जसमध्ये कालिका, खप्तक, आत्मनिर्भर र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज दिनभरको कारोबारमा सबैभन्दा बढी सेयर कारोबार शिवम सिमेन्टको भएको छ । आज यो कम्पनीको १० करोड रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेपाल टेलिकमको ८ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL