Logo

Global_Ime

छैठौं चेम्बर एक्स्पो बिहीबारदेखि, दर्जन बढी देशका उत्पादनको प्रदर्शन गरिँदै

छैठौं चेम्बर एक्स्पो बिहीबारदेखि, दर्जन बढी देशका उत्पादनको प्रदर्शन गरिँदै



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैठौं चेम्बर एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा आगामी बिहीबारबाट शुरु हुने भएको छ । जेठ ४ गते देखि ८ गते सम्म चल्ने व्यापार मेलामा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तराष्ट्रिय बस्तुहरुको प्रर्दशनी गरिने आयोजक नेपाल चेम्बर अफ कर्मसले जनाएको छ ।

Laxmi_sunrise
Kumari

छैठौं संस्करणमा व्यापारिक अन्तरक्रिया, आयात निर्यातको सूचना आदान प्रदान एवं नेपाली बस्तुहरुको बजारीकरणमा जोड दिईने अध्यक्ष राजेन्द्र मल्लले बताए । मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीहरुले उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधीहरुको प्रत्यक्ष अवलोकन गर्न सकिने अध्यक्ष मल्लको भनाई छ । उनले भने,‘चेम्बर एक्स्पोले वाह्य व्यापारिक समुदायसंग सहकार्य भई स्वदेशी उद्यमी व्यवसायीहरुमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न समेत ज्यादै प्रभावकारी हुनेछ, ।’

चेम्बर एक्स्पोमा नेपाली हस्तकलाका उत्पादनहरु, घरेलु तथा खाद्यान्नका सामाग्रीहरु, जटिवुटी जन्य बस्तुहरु प्रर्दशनी गरिने चेम्बरले जनाएको छ । यस्तै अटोमोवाईल, विद्युतीय सामाग्री, फेसन वेयर, छाला जन्य वस्तुहरु समेत प्रर्दशनीमा राखिने छ । मेलाको करिव डेढ लाख जनाले अवलोकन गर्ने व्यापार मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले बताए ।

मेलामा नेपाल लगायत भारत, पाकिस्तान, बंगलादेश लगायत एक दर्जन बढी मुलुकमा उत्पादित सामाग्रीहरुको स्टल रहनेछन् । मुलुकको अर्थतन्त्र चलायमान बनाउन एवं गुणस्तरीय बस्तु प्रयोग गर्नका लागि उपभोक्तालाई सचेत गराउने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC