Logo

कनेक्ट आइपीएसको ‘रिफर अ फ्रेन्ड’ अफर सार्वजनिक, रिफर गरे २५ रुपैयाँ पाईने

कनेक्ट आइपीएसको ‘रिफर अ फ्रेन्ड’ अफर सार्वजनिक, रिफर गरे २५ रुपैयाँ पाईने



काठमाडौं । कनेक्ट आइपीएसले ‘रिफर र फ्रेन्ड’ अफर सार्वजनिक गरेको छ । जेठ १ गतेदेखि लागु हुनेगरी प्रयोगकर्ताले आफ्ना साथी, परिवार तथा आफन्तहरुलाई कनेक्ट आइपीएसमा रजिष्टर हुन रिफर गरेमा उपहार पाउनेगरी उक्त अफर सार्वजनिक गरेको हो ।
यसरी रिफर गरेमा रिफर गर्नेले आफ्नो बैंक खातामा र पाउनेले मोबाइल टपअप अन्तर्गत २५–२५ रुपैयाँ पाउनेछन् ।
अफरको फाइदा लिन रिफररले आफ्ना साथी तथा आफन्तजनहरुलाई आफ्नो रिफरल कोड दिनुपर्ने हुन्छ । रिफरीले भने कनेक्ट आइपीएसमा नयाँ युजर रजिष्टर गर्दा उक्त रिफरल कोड राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL