Logo

सातोको अन्तिम दिन नेप्से साढे ३ अंकले बढ्यो

सातोको अन्तिम दिन नेप्से साढे ३ अंकले बढ्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३ पुस, काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक सामान्य उकालो लागेको छ । आइतबार नेप्से ३ दशमलव ४९ अंकले बढेको छ । बुधवार १० अंकले घटेर ९ सय विन्दुमा आइपुगेको नेप्से परिसुचक विहीबार बढेर ९ सय ३ दशमलव ८९ अंकम पुगेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से मध्यान्तरमा गएर युटर्न गरेको थियो ।

विहीबार बजारमा सवैभन्दा बढी होटेल समुहको परिसुचक ३३ दशमलव ६५ अंकले बडेको छ । यसैगरी बीमा समुहको परिसुचक २९ दशमलव २७ अंकले बढेको छ भने उत्पादनमुलक समुहपनि ५ दशमलव ५८ अंकले बढेको छ । बजारमा बैकिङ समुहको परिसुचक भने ३ दशमलव ३९ अंकले बढेको छ । विहीबार जलविद्युत् समुह र अन्य समुहको परिसुचक भने घटेको छ ।

दिनभर बजारमा कुल १४ करोड ६४ लाख रुपैयाँ बरावरको ४ लाख ४० हजार कित्ता सेयर कारोवार भएको छ । नेप्से परिसुचक बढेपनि कारोवार रकम भने बढ्न सकेन ।

प्रतिक्रिया दिनुहोस्
MBL