Logo

एमएडब्लु ग्रुप र एभरेस्ट बैंकबीच समझदारी : जिप, स्कोडा, जेसीबी, आइचर, फोटन र चांगन सहज फाइनान्सिङमा उपलब्ध

एमएडब्लु ग्रुप र एभरेस्ट बैंकबीच समझदारी : जिप, स्कोडा, जेसीबी, आइचर, फोटन र चांगन सहज फाइनान्सिङमा उपलब्ध



काठमाडौँ । एमएडब्लु ग्रुप अफ कम्पनिजले नेपालमा वितरण गर्दै आएको विभिन्न ब्रान्डका सवारीसाधन र हेभि इक्विपमेन्टको सहज फाइनान्सिङका लागि एभरेस्ट बैंकसँग समझदारी गरेको छ ।

laxmi

एमएडब्लु ग्रुपले नेपालमा यामाहा, जेसीबी, जिप, स्कोडा, आइचर, फोटन र चांगनको विक्रीवितरण गर्दै आएको छ ।

अब एभरेस्ट बैंकले एमएडब्लु ग्रुपले आयात गर्ने विद्युतीय सवारीसाधनको फाइनान्सिङ ‘फ्लकच्युएसन बेसिस’मा राष्ट्र बैंकले जारी गरेको ‘बेस रेट’मा न्युनतम ३.५ प्रतिशत ब्याजदर तथा डिजेलपेट्रोलबाट चल्ने सवारीसाधनको फाइनान्सिङ ‘बेस रेट’मा ४ प्रतिशत ब्याजदरमा गर्नेछ । यी सबैको ऋण अवधि ७ वर्ष रहनेछ ।

मंगलबार आयोजित हस्ताक्षर समारोहमा एमएडब्लुको तर्फबाट भाइस प्रेसिडेन्ट तेज सुवेदी र एभरेस्ट बैंकको तर्फबाट शाखा प्रमुख डिना श्रेष्ठले हस्ताक्षर गरे । अब उप्रान्त एमएडब्लुले आयात गर्ने सवारीसाधन तथा हेभि इक्विपमेन्ट खरिद गर्न चाहने ग्राहकले ‘डकुमेन्टेसन’ सकिएको एक सातामा ‘डेलिभरी’ लिन सक्ने कम्पनीले जनाएको छ ।

जिप, स्कोडा र चांगन ब्रान्डका ‘पेसेन्जर भेहिकल’ बेसरेटमा राष्ट्र बैंकले तोकेको ‘बेस रेट’मा थप ४ प्रतिशत (विद्युतीय सवारीसाधनमा ३.५ प्रतिशत) ब्याजदरमा ८० प्रतिशतसम्म फाइनान्स हुनेछ । त्यसैगरी, आइचर, फोटन र चांगन ब्रान्डका कमर्शियल भेहिकललाई पनि एभरेस्ट बैंकले सोही ब्याजदरमा ६० प्रतिशतसम्म फाइनान्स गर्नेछ ।

साथै, जेसीबी ब्रान्डका हेभि तथा निर्माण उपकरणलाई पनि एभरेस्ट बैंकले ‘बेस रेट’मा ४ प्रतिशत ब्याज दरमा ७५ प्रतिशतसम्म फाइनान्स गर्ने सहमति पत्रमा उल्लेख छ । अब एमएडब्लुले नेपालमा विक्रीवितरण गर्दै आएको सवारीसाधन तथा हेभि उपकरणहरु एभरेस्ट बैंकको नेपालभर फैलिएका एक सय २४ वटा शाखाबाट सहज ढंगमा फाइनान्सिङ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL