Logo

सामसङको नयाँ बर्ष अफर, घरायसी सामग्री खरिदमा ४१ प्रतिशतसम्म क्यासब्याक

सामसङको नयाँ बर्ष अफर, घरायसी सामग्री खरिदमा ४१ प्रतिशतसम्म क्यासब्याक



काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले नयाँ वर्ष २०८० को अवसरमा अफर सार्वजनिक गरेको छ । सामसङका विभिन्न इलेक्ट्रोनिक उत्पादनहरू टिभीदेखि होम अपलायन्सहरूमा विभिन्न छुट र क्यासब्याक दिनेगरी कम्पनीले उक्त अफर सार्वजनिक गरेको हो ।

laxmi

जेठ २ गतेसम्म लागु हुने उक्त अफर सामसङको लेटेस्ट रेंजका टिभी, रेफ्रिजेरेटर र वाशिङ मेसिनका लागि लागु हुनेछ । यो अफरमा सामसङले आफ्ना कन्जुमर ड्युरेवल्स वस्तुहरूमा ४१ प्रतिशतसम्म क्यासब्याक दिएको छ ।

कम्पनीले क्रिस्टल फोर के अल्ट्रा एचडी टिभीको अमेजिङ रेन्ज र तिनीहरूका बिलियन ट्रु कलरहरूमा २५ प्रतिशतसम्मको छुटमा कन्जुमरले आफ्नो घर भित्राउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

यो नयाँ वर्षसँगै कन्जुमरले आफ्नो भान्छाघरमा पनि नयाँ परिवर्तन ल्याउन सक्छन ्। साथै, सामसङको इनोभेटिभ साइडबाइ साइड रेफ्रिजरेटरहरू अपग्रेड गर्न सक्नुहुन्छ जुन ७ सय लिटर क्षमता सम्मको छ । यस्तै, ३१४ लिटर क्षमताको कर्ड माइस्ट्रो टीएम वा डिजिटल इन्भर्टर डबल डोर र सिंगल डोर रेफ्रिजरेटरहरू सबैका लागि उपलब्ध छन्। यसमा २५ प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी गरिएको छ ।

ग्राहकहरुले एआई इकोबबल टीएम वाशिंग मशीन मा पर्सनलाइज्ड लन्द्री एक्सपिरिएन्स प्राप्त गर्न सक्छन् जसमा सजेस्टिभ साइकलहरू उपलब्ध छन् र उनीहरुको ८ केजी, ९ केजी र १२ केजीको भेरियन्टमा २८ प्रतिशतसम्मको ग्यारेन्टी क्यासब्याक उपलब्ध छ । साथै, कन्जुमरहरुले फ्रन्ट लोड वासिंग मसीनमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्, जुन ८ केजी र ९ केजी क्षमता र हाइजीन स्टीम सुविदा सहित आउँछ ।

प्रतिक्रिया दिनुहोस्
MBL