Logo

अब नेपालमा डिस्कबर/डाईनर्स तथा रुपे कार्ड पनि चल्ने, एससीटीसँग भए आवद्ध

अब नेपालमा डिस्कबर/डाईनर्स तथा रुपे कार्ड पनि चल्ने, एससीटीसँग भए आवद्ध



काठमाडौं । डिस्कबर फाईनान्सीयल सर्भिस, डाईनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआई अन्तर्गत जारी गरिएका रुपे इन्टरनेसनल कार्डहरु एससीटीसँग आबद्ध भएका छन् । अब फाइनान्स कम्पनि, सहकारी तथा बैंकका एससीटी एटीएम हरुमा यी विभिन्न अन्तर्राष्ट्रिय, बहुप्रतिष्ठित नेटवर्कहरुद्वारा जारी गरिएका कार्डहरु चलाउन मिल्ने भएको छ ।

laxmi

यो सुविधासँगै नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डियाद्वारा जारी गरिएका एक करोडभन्दा बढी रुपे इन्टरनेसनल कार्डहरु एससीटी नेटवर्क अन्तर्गतका एटीएमहरुमा प्रयोग गर्न सकिने भएको हो ।

यसका साथै डाईनर्स र डिस्कबरका डेबिट तथा क्रेडिट कार्ड बोक्ने पर्यटकहरुलाई पनि एटीएममार्फत कारोबार गर्नलाइ सहज र सरल हुने आशा गरिएको छ । यो सुविधा छिट्टैनै एनएमबी बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुले संचालन गरेका एटीएमहरुमा पनि विस्तार गर्ने योजना राखिएको छ ।

हाल भारतमा लोकप्रिय बन्दै गएको रुपे कार्ड भारतमा कार्यरत नेपालीहरु तथा नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुलाई नेपालमा चलाउन निकै समस्या थियो । यो सुविधा संगै रुपे कार्ड प्रयोगकर्ताहरुलाई निकै सहज हुने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL