Logo

टाटा जेन भोल्टेज जेनेरेटरमा उपभोक्ताको आकर्षण, छोटो समयमै उल्लेख्य विक्री

टाटा जेन भोल्टेज जेनेरेटरमा उपभोक्ताको आकर्षण, छोटो समयमै उल्लेख्य विक्री



काठमाडौं । टाटा मोटर्सले नेपाली बजारमा सार्वजनिक गरेको जेनभोल्टज जेनेरेटरले छोटो समयमा नै उपभोक्ताहरूको मन जित्न सफल भएको छ छ। टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गका अनुसार सन २०२२ को बीचमा बिक्री वितरण सुरु गरेको टाटा जेनभोल्टज जेनेरेटरले छोटो अवधिमै नेपाली जेनेरेटर बजारको उल्लेखनीय अंश ओगट्न सफल भएको हो ।

laxmi

कम्पनीकाअनुसार जेनभोल्टज जेनेरेटरको बिक्रीमा उत्साहजनक ढङ्गले वृद्धि भइरहेको छ । विभिन्न प्रयोजनहरूको लागि अत्यन्त उपयुक्त जेनभोल्टज जेनेरेटर उच्च रूपमा टिकाउ र भरपर्दो हुनुको साथै कम खर्चिलो पनि छ। त्यसैले बढी भन्दा बढी उपभोक्ताहरूमा यस प्रति आकर्षण देखिएको कम्पनीको भनाइ छ ।

टाटा मोटर्सको विकाश तथा अनुसन्धान केन्द्रमा ९आरएनडी सेन्टरमा० डिजाइन, परीक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटर्सको डिजेल इन्जिन जडान गरिएको छ । सिपिसिबि २ सम्बन्धी उत्सर्जन मापदण्ड अन्तर्गत तयार गरिएको टाटा जेनभोल्टजले इन्धनको कम खपत गरी उत्कृष्ट कार्यक्षमता देखाँउछ ।

सिप्रदी ट्रेडिङ्गका ब्याट्री डिभिजनका प्रमुख सुरेश कुमार तिवारीका अनुसार जेनभोल्टजले नेपालको सामाजिक तथा आर्थिक रूपान्तरणतर्फ केन्द्रित हाम्रो प्रयासमा एक नयाँ ऊर्जा प्रदान गरिरहेको छ ।

निर्माण एवं पूर्वाधार कम्पनी, होटेल, साना तथा मझौला उद्योग र विद्यालयहरूलाई उपयुक्त यो उत्पादन २५ किलो भोल्ट देखि १२५ किलो भोल्ट क्षमतामा म्यानुअल र स्वचालित दुवै किसिममा उपलब्ध रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL