Logo

मौद्रिक नीतिको अर्धबार्षिक समीक्षाको खबरसँगै उकालो लाग्यो नेप्से, दोहोरो अंकको वृद्धि

मौद्रिक नीतिको अर्धबार्षिक समीक्षाको खबरसँगै उकालो लाग्यो नेप्से, दोहोरो अंकको वृद्धि



काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेर बन्द भएको छ । दिउँसो २ बजेसम्म ओरालो लागिरहेको नेप्से परिसुचक शुक्रबार मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा हुने खबरसँग उकालो यात्रा तय गरेको हो ।

laxmi

नेपाल राष्ट्र बैंकले शुक्रबार मार्जिन कर्जाको सिमा केहि बढाउँदै मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्ने बताएको छ । सोही अनुसार बिहीबार नेप्से परिसुचक १२.४३ अंकले बढ्दै २१ सय ८२ को विन्दुमा पुगेको हो ।

आज दिनभर भएको कारोबारमा २ सय ५७ कम्पनीका ५६ लाख ४८ हजार २ सय १२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ६ करोड २० लाख ५८ हजार माथि पुगेको छ । आज बाराही जलविद्युत कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेसँगै अन्य १ सय ५१ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । यस्तै आज ५८ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL