Logo

एक दिन पनि टिकेन नेप्सेको उकालो यात्रा, बुधबार ७ अंकको गिरावट आउँदा कारोबार रकममा सुधार

एक दिन पनि टिकेन नेप्सेको उकालो यात्रा, बुधबार ७ अंकको गिरावट आउँदा कारोबार रकममा सुधार



काठमाडौं । साताको चौथो दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज ७.१३ अंकले घटेको छ । मंगलबार एकाएक उच्च अंकले बढ्न पुगेको बजारमा भोलीपल्टै ब्रेक लाग्दा नेप्से परिसुचक २१ सय ७० को विन्दुमा आएर रोकिएको हो ।

laxmi

आज कारोबार अवधिभर २ सय ५७ कम्पनीका १ करोड ५ लाख २ हजार ६ सय ४९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।

जुन मंगलबारको तुलनामा केहि बढी हो । आज दिनभर भएको कारोबारमा १ सय ४२ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ६७ कम्पनीको सेयरमूल्य भने उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL