Logo

एशियन पेन्ट्सको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक बजारमा, पेनिट्रेटिभ वाटरप्रुफिंग समाधान

एशियन पेन्ट्सको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक बजारमा, पेनिट्रेटिभ वाटरप्रुफिंग समाधान



काठमाडौं । एशियन पेन्ट्स नेपालको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक बजारमा आएको छ । नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) को समाधानको आवश्यकता बुझ्दै एशियन पेन्ट्स नेपालले आफ्नो ग्राहकहरुको लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको हो ।

यो एक पेनिट्रेटिभ वाटरप्रुफिंग समाधान हो । जसले वाटरप्रुफिंग तथा नुनिया विरुद्ध तीन वर्षसम्मको आकर्षक वारेन्टी दिन्छ । हाइड्रोलकको सबैभन्दा राम्रो कुरा भनेको यो प्रयोग गर्न निक्कै सजिलो छ ।

यसलाई प्लास्टर गरिएको भित्तामा सजिलै प्रयोग गर्न सकिन्छ । हाइड्रोलक उत्कृष्ट डुअल टेक्नोलोजीको साथ आउँदछ । जसले गर्दा यसलाई ‘वाटरप्रुफिङको च्याम्पियन’ को रूपमा स्थापित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL