Logo

साताको अन्तिम दिन उच्च अंकसहित घटेर बन्द भयो नेप्से, कारोबार रकममा सुधार

साताको अन्तिम दिन उच्च अंकसहित घटेर बन्द भयो नेप्से, कारोबार रकममा सुधार



काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको गिरावट आएको छ । कारोबार समयको पहिलो केहि घण्टा उकालो लागेको बजार मध्येदिनदेखि ओरालो लाग्दा अन्तिममा २२.१२ अंकले घट्दै २०९४ को विन्दुमा आएर रोकिएको हो ।

आज दिनभर २ सय ५७ कम्पनीका ५८ लाख ९८ हजार ९ सय ३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ९ करोड ६४ लाख १९ हजार १ सय ६१ रुपैयाँ पुगेको छ । यो हिजो अर्थात बुधबारको तुलनामा केहि सुधार हो ।

आज बजारमा कारोबार भएकामध्ये १ सय ९४ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा १९ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । जसमध्ये आदर्श लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL