Logo

२ सय प्रतिशत हकप्रद सेयर जारी गर्दै हिमालयन ऊर्जा, ऋण मुक्त हुँदै

२ सय प्रतिशत हकप्रद सेयर जारी गर्दै हिमालयन ऊर्जा, ऋण मुक्त हुँदै



काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनीले २ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैंठकले १ः२ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

साथै संचालक समितिबाट भएको उक्त निर्णयलाई विद्युत नियमन आयोगबाट सिफारिस लिएर कम्पनीको आगामी दिनमा हुने साधारण सभामा पेश गर्ने भएको छ ।

साथै कम्पनीले उक्त हकप्रद सेयरबाट प्राप्त रकमलाई खर्च कटाएर बाँकी रहेको पैसा बैंकको ऋण तिर्ने समेत निर्णय गरेको छ । यसैगरी कम्पनीले आवश्यक नपर्ने चल अचल सम्पती समेत बिक्री गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL