Logo

सिएट टायरको बनेपामा सातौं शाखा स्थापना, देशभर ४० शाखा विस्तार गरिँदै, १० करोडभन्दा बढी लगानी

सिएट टायरको बनेपामा सातौं शाखा स्थापना, देशभर ४० शाखा विस्तार गरिँदै, १० करोडभन्दा बढी लगानी


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२९ मंसिर, काठमाडौं । सिएट टायरले काभ्रेको बनेपामा आफ्नो सातौं शाखा स्थापना गरेको छ । सिएट टायरको नेपालका लागि आधिकारिक विक्रेता एसटीसी अटो प्रालिले एक कार्यक्रममाबीच बनेपामा उक्त शाखाको स्थापना गरेको हो ।

सोमबार कम्पनीका निर्देशक कृष्णिप्रसाद दुलाल र बनेपा उद्योग वाणिज्य संघका अध्यक्ष शुरकृष्ण बैद्यले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

कम्पनीले यसअघि जनकपुर, हेटौडा, इटहरी, मोरङको उर्लाबारीलगायतका स्थानमा क्याट टायरको शाखा खोलिसकेको छ । दुलालका अनुसार सिएट टायरको डिलरशीप स्थापनाका लागि १० करोड रुपैयाँभन्दा बढी लगानी भएको छ ।

आगामी दिनमा देशभर ४० भन्दा बढी शाखा विस्तार गरिने कम्पनीका निर्देशक दुलालले जानकारी दिए । ‘हामीले क्याट टायरको बजारीकरण तथा शाखा विस्तारलाई द्वुत रुपमा अघि बढाएका छौं,’ उनले भने, ‘आगामी दिनमा यसलाई नेपालको नम्बर १ ब्राण्ड बनाउने छौं ।’ साथै नेपाली बजारमा भित्रिएको केही समयभित्रै यसले नेपालको टायर बजारमा ठूलो हिस्सा ओगट्न सफल भएको कम्पनीको दावी छ ।

सिएटले नेपाली बजारमा स्कुटर, मोटरसाइक, बस, ट्रक र हेभी इक्वीपमेन्टलगायतका सवारीसाधनका लागि आवश्यक टायर विक्री गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL