Logo

२० अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार

२० अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २०.५५ अंकले बढेको छ । आईतबार कारोबार समयको सुरुवातिदेखि उकालो यात्रा तय गरेको नेप्से अन्तिम समयमा दोहोरो अंकले बढ्दै २१ सय ६४ को विन्दुमा पुगे र रोकिएको हो ।

आज कारोबार अवधिभर २ सय ५९ कम्पनीका १ करोड ४१ लाख ९ सय ८८ कित्ता सेयर ७५ हजार ४ सय ६५ पटक किनबेच हुँदा कारोबार रकम साढे ५ अर्व नजिक पुगेको हो । यसदिन नेपाली सेयरबजारमा ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार १ रुपैयाँको कारोबार भएको हो ।

परिसुचक दोहोरो अंकले बढेसँगै आज खप्तड लघुवित्त, बाराही जलविद्युत र ङादी ग्रुप कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा बढी हिमालयन डिस्ट्रीलरीको २१ करोड २९ लाख ५२ हजार रुपैयाँ बढीको कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL