Logo

नेप्से बढ्ने क्रम सुस्तायो, सोमबार २ अंकले मात्र बढ्यो

नेप्से बढ्ने क्रम सुस्तायो, सोमबार २ अंकले मात्र बढ्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२९ मंसिर, काठमाडौं । आइतबार उच्च रुपमा बढेको नेप्से परिसुचक सोमबार सामान्य रुपमा मात्र बढेको छ । बजार खुलेपछि ओरालो लागेको परिसुचक अन्तमा युटर्न गरेर १ दशमलव ८८ अंकले मात्र बढेको छ । सोमबार नेप्सेपरिसुचक ९ सय ११ दशमलव ८९ विन्दुमा पुगेर अडिएको छ ।

सोमबार बजारमा कुनै पनि समुहको परिसुचक २० अंकभन्दा माथी बढ्न सकेन । बजारमा सवैभन्दा बढी होटल समुहको परिसुचक १७ दशमलव ७५ अंकले बढेको छ । यसैगरी, जलविद्युत् समुहको परिसुचक ६ दशमलव १९ अंकले बढेको छ भने बैंकिङ समुहको परिसुचक ५ दशमलव ४७ अंकले बढेको छ ।

बजार बन्द हुने बेलामा बैंकिङ समुहको परिसुचक बढेपनि समग्र नेप्से परिसुचक पनि केही उकालो लागेको हो । बजारमा बीमा, विकास बंक र अन्य समुहको परिसुचक भने ओरालो लागेको छ ।

सोमबार बजारमा कुल ३५ करोड ७२ लाख रुपैयाँ बरावरको ८ लाख हजार कित्ता सेयर कारोवार भएको छ । आइतबार सेयरको मुल्य बढेकाले सोमबार बजारमा अघिल्ला दिनको तुलनामा कारोवार बढी भएको ब्रोकरहरु बताउँछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL