Logo

भृकुटीमण्डपको जुत्ताचप्पल व्यापार मेलामा ग्राहकको भिड बढ्दो, जुत्ता खरिदमा ७० प्रतिशतसम्म छुट

भृकुटीमण्डपको जुत्ताचप्पल व्यापार मेलामा ग्राहकको भिड बढ्दो, जुत्ता खरिदमा ७० प्रतिशतसम्म छुट



काठमाडौं । काठमाडौंको भृकुटीमण्डप स्थित सानो चौरमा बृहत जुत्ताचप्पल व्यापार मेलामा उपभोक्ताको भिड बढ्दै गएको छ । जाडो यामलाई लक्षित गरि आयोजना गरिएको उक्त मेलामा बलियो, आकर्षण डिजाइनका जुत्ताचप्पल सस्तो सुलभ मूल्यमा उपलब्ध हुने भएपछि ग्राहकहरु भिड लाग्दै गएको आयोजकको दावी छ । लगाउन हल्का, लचकदार नेपाली जुत्ताहरु भएकोले किन्न आउने ग्राहकहरुको रोजाइमा पर्ने गरेको छ ।

laxmi

भृकुटीमण्डपको प्रवेशद्वार छिर्ने बित्तिकैको सानो चौरमा लागेको मेलामा नेपालका प्रख्यात ब्राण्ड शिखर शुज, हाईलाईफ, वान वर्ल्ड शुज, फुटस्टेप सुज, बोस सुज, पीजी सुज, बेम्बो सुज र हिमानी कलेक्सनको सहभागिता रहेको छ ।

एउटै छानामुनि उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल उपभोक्ताले छानीछानी किन्न पाउनुका साथै हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी दिइएको आयोजकको भनाइ छ । ती जुत्ताचप्पलमा ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको मेलाका आयोजक बेम्बोसुजका सविन कार्कीले बताए । उपभोक्ताले खोजेका हरेक भेराइटीका जुत्ताचप्पल मेलामा उपलब्ध गराइएको उनले जानकारी दिए ।

मेला लाग्ने दिन छोटिएसँगै सस्तोमा बलियो, आकर्षक डिजाइनका जुत्ताचप्पल किन्ने ग्राहकहरुको भिडदिन प्रतिदिन बढ्दै गएको आयोजकले बताएको छ । मेला पुष १९ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL