Logo

नीति शाह बनिन् स्मार्टफोन ब्रान्ड रियलमीको ब्रान्ड एम्बासडर

नीति शाह बनिन् स्मार्टफोन ब्रान्ड रियलमीको ब्रान्ड एम्बासडर



काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नीति शाहलाई आफ्नो ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ ।

laxmi

यो सँगै शाहले अब रियलमी, नार्जो र एआइओटि एवम वेरेबलस् लगायत अन्य इकोसिस्टम प्रोडक्टहरु पनि एन्डोर्स गर्नेछिन् । उनी मिस इन्टरनेसनल नेपाल २०१७ को विजेता हुन् । उनले २०१७ मा जापानमा भएको मिस इन्टरनेसनल नेपालमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘ब्रान्ड एम्बासडरको रुपमा नीति शाहसँग काम गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । मानिसहरुलाई प्रभावित पार्न सक्ने उनको क्षमताले पक्कै पनि रियलमी ब्रान्डलाई अझै धेरै उपभोक्ताहरु सामु परिचित बनाउने छ भन्ने हामीले विश्वास लिएका छौँ ।’ त्यस्तै गरी रियलमीकी नवनियुक्त ब्रान्ड एम्बासडर शाहले रियलमी ब्रान्डको सदस्य हुन पाउँदा उत्साहित भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
MBL