Logo

Global_Ime

बीग मार्टमा छुट अफर, स्मार्ट क्युआरमार्फत तरकारी किन्दा १५ प्रतिशतसम्म छुट

बीग मार्टमा छुट अफर, स्मार्ट क्युआरमार्फत तरकारी किन्दा १५ प्रतिशतसम्म छुट



काठमाडौं । स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गरि हरेक बुधबार र शनिबार तरकारी तथा फलफूलमा विशेष छुट दिने भएको छ । तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा विशेष छुट हुनेगरी कम्पनीले छुट अफर सार्बजनिक गरेको हो ।

laxmi bank orange saving
NABIL

उक्त छुट अफर अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम १ सय ५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले बीग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।

यस अफर अन्तर्गत बीग मार्टको सम्पूर्ण शाखामा एन आई सी एशिया मो बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
citizens_bank
ntc