Logo

सेन्साई को ‘विश्वकप च्याम्पियन’ अफर सार्वजनिक, टिभी खरिदमा ३० हजारसम्म छुट

सेन्साई को ‘विश्वकप च्याम्पियन’ अफर सार्वजनिक, टिभी खरिदमा ३० हजारसम्म छुट



काठमाडौं । जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले ‘विश्वकप च्याम्पियन’ अफर सार्वजनिक गरेको छ । कम्पनीले अन्तरराष्ट्रिय फूटबल प्रतियोगितालाई लक्षित गर्दै विभिन्न छुट दिनेगरी उक्त योजना सार्वजनिक गरेको हो ।

उक्त योजना अन्तर्गत ग्राहकहरुले सेन्साई टेलिभिजनको खरिद गर्दा ३० हजार १ सय रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । यस्तै १ भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तर्गत ६५ इन्चको फोरके वेबओएस् टेलिभिजन पनि जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

ग्राहकहरुले आफुलाई बम्पर उपहारमा सहभागी गराउन सेन्साई टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एस् एम एस् गर्नुपर्नेछ। ग्राहकहरुले यो योजना मङ्सिर १ गतेदेखि सीमित अवधिका लागि नेपालभरी पाउने कम्पनीले जनाएको छ ।

नेपाल अधिराज्यभर सेन्साई ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL