Logo

आइएमई पेको हवाई यात्रा अफर, हरेक दिन एक जनालाई १ रुपैयाँमै टिकट

आइएमई पेको हवाई यात्रा अफर, हरेक दिन एक जनालाई १ रुपैयाँमै टिकट



काठमाडौं । आइएमई पे ले निर्वाचनको अवधिभरका लागि हवाई यात्रा अफर सार्वजनिक गरेको छ । कम्पनीले आइएमई पे मार्फत हवाई टिकट काट्नेमध्ये एक जनालार्य हरेक दिन १ रुपैयाँमै टिक उपलब्ध गराउने गरी उक्त अफर सार्वजनिक गरेको हो ।

laxmi

प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकम (फुल प्राइस) मै खरिद गर्नु पर्ने हुन्छ । यो अफरमा प्रतिदिन विजेता घोषित हुने एक जना भाग्यशाली विजेताले १ रुपैयाँ बाहेकको पूर्ण मूल्य क्यासब्याक स्वरूप पाउने कम्पनीले जानकारी दिएको छ ।

आम निर्वाचनमा मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यका साथ १ रुपैयाँमा हवाई टिकट अफर सार्वजनिक गरिएको कम्पनीको भनाई छ । अफर कार्तिक ३० देखि मंसीर ९ गरी जम्मा १० दिनसम्म कायम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL