Logo

आरएमसी फुड्सको ‘न्यूट्रिप्लस’ ब्राण्डको खानेतेल सार्वजनिक, ब्राण्ड एम्बेस्डरमा सन्तोष साह

आरएमसी फुड्सको ‘न्यूट्रिप्लस’ ब्राण्डको खानेतेल सार्वजनिक, ब्राण्ड एम्बेस्डरमा सन्तोष साह



काठमाडौं । आरएमसी फुड्सले ‘न्यूट्रिप्लस’ ब्राण्डअन्तर्गतका विभिन्न खाद्यान्न तेलहरू बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ‘न्यूट्रिप्लस’ ब्राण्डका सूर्यमूखी, सोयाबिन र पालमोलिन गरी ३ प्रकारका तेलहरू सार्वजनिक गरेको हो ।

laxmi

आरएमसी ग्रुपले विगत ३० वर्षदेखि निर्माण सामाग्रीहरूको उत्पादन तथा आपूर्ती गर्दै आइरहेको छ । अर्थतन्त्रमा महत्वपूर्ण भुमिका निभाउँदै आएको आरएमसी ग्रुपले खाद्यान्न क्षेत्रमा पनि गुणस्तरीय उत्पादनहरूको आपूर्ती गर्ने मनसायले खाने तेल सार्वजनिक गरेको जानकारी दिएको छ ।

कम्पनीले आफ्ना खाद्यान्न उत्पादनहरूको ब्राण्ड एम्बेसेडरका रूपमा टेलिभिजन कार्यक्रम बीबीसी मास्टर सेफका फाइनालिस्ट सेफ सन्तोष साहलाई अनुबन्ध गरेको छ ।

कम्पनीका कार्यकारी निर्देशक राजेश कुमार अग्रवाल गुणस्तरीय खाद्यान्न उत्पादनहरू आपूर्ति गरी ग्राहकहरूको मन जित्ने हाम्रो मूल उद्देश्य रहेको बताउँछन् । उनका अनुसार ग्राहकहरुको साथ, सहयोग र सहकार्य यसैगरी मिल्दै गयो भने शीघ्र नै न्यूट्रिप्लस प्रत्येक घरघरमा र सबैको मनमनमा बस्न सफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL