Logo

साताको पहिलो दिन ३९ अंकले बढ्यो नेप्से, ९ सय १० अंकमा पुगेर अडियो

साताको पहिलो दिन ३९ अंकले बढ्यो नेप्से, ९ सय १० अंकमा पुगेर अडियो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२८ मंसिर, काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक उच्च रुपमा बढेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक अन्तमा ३९ दशमलव ३८ अंकले बढेको छ । गत हप्ताको अन्तिम दिन १५ अंकले बढेर ८ सय ७० दशमलव ६३ पुगेको नेप्से आइतबार ९ सय १० अंकमा पुगेको छ ।

आइतबार बजारमा सवैभन्दा बढी जलविद्युत् समुहको परिसुक बढेको छ । उक्त समुहको परिसुचक १ सय ४४ अंकले बढेको छ । यसैगरी होटल र बीमा समुहको परिसुचक पनि १ सय अंकभन्दा माथीले बढेको छ । ती समुहहरुको परिसुचक क्रमश ः १ सय ४२ अंक र १ सय १५ दशमलव ८४ अंकले बढेको छ । यसैगरी बैंकिङ समुहको परिसुकपनि ४३ दशमलव ५ अंकले बढेको छ । आइतबार बजारमा सवै समुहको परिसुचक उकालो लागेको छ ।

आइतबार बजारमा २८ करोड ३३ लाख रुपैयाँ बराबरको १० लाख कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL