Logo

चुनावी माहोलसँगै सेयर बजारमा देखियो रौनक, यसकारण बढ्दैछ नेप्से

चुनावी माहोलसँगै सेयर बजारमा देखियो रौनक, यसकारण बढ्दैछ नेप्से



काठमाडौं । देशमा संघ र प्रदेशको चुनावी माहोल तातेसँगै सेयर बजारमा पनि त्यसको प्रभाव देखिन थालेको छ । चुनावमा कारण बजारमा केही हदसम्म तरलता सहज हुने तथा सहज रुपमा पैसा भित्रने लगानीकर्ताको मनोविज्ञान अनुरुप सेयर बजार दैनिकजसो बढ्न थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

laxmi

तिहारपछि बजारखुलेसँगै लगातार बढेर शुक्रबार केही करेक्सन आएको थियो । तर आईतबार बजारले उच्च अंकको उचाई लिएको छ । विश्वमा देखिएको मन्दी तथा लगानीयोग्य रकम अभाव र उच्च व्यादरको कारण अहिले उद्योग व्यवसाय सचालन गर्न नसकिने अवस्थामा पुगेको छ भने कतिपय उद्योग व्यवसाय बन्दकै अवस्थामा छन् । लगानीयोग्य रकम अभाव र चर्को ब्याज भएको भन्दै उद्योगी व्यवसायीहरु आन्दोलनमा लागि सडकमै उत्रन थालेका छन् । तर सेयर बजारका लगानीकर्ता भने अन्य क्षेत्र धराशायी हुँदा वा नचल्नदा सेयर बजारमा लगानीकर्ताको आकर्षण हुने र चुनावका कारण बजारमा पैसा भित्र्ने हुँदा बजारमा प्रवेश गर्न थालेका सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

सामान्यतय देशमा चुनावी माहोल बन्द सेयर बजारमा सकारात्मक प्रभाव पर्ने गरेको देखिन्छ । तर स्थानीय तहको निर्वाचन हुँदा त्यसले बजारमा कुनै प्रभाव पार्न सकेन । स्थानीय तहको चुनावले बजारमा तरलता सहज हुने आँकलन गरेका लगानीकर्ताको मनोविज्ञान विपरित झन खुम्चिन पुग्यो ।

स्थानीय तहको निर्वाचन हुँदा टिकट खरिदका लागि नेताहरुलाई ठूलो रकम बुझाउनु पर्दा त्यसले तरलता सहजतामा नकारात्मक प्रभाव पारेको एक ठूला लगानीकर्ता बताउँछन् । ‘यसपटकको स्थानीय तहको निर्वाचनमा अध्यक्षदेखि मेयरसम्मले आआफ्नो पार्टीबाट टिकट खरिदका लागि ठूलो रमक बुझाउनु परेको विषय बाहिरिएको थियो जसले गर्दा चुनावमा बाहिर आउने रकम नेताको ढुकुटीमा थुप्रिएर बस्यो,’ ती लगानीकर्ताले भने, ‘अहिले संघ र प्रदेशको निर्वाचनमा त्यसरी थुप्रिएर बसेको रकम बाहिरिन्छ जसका कारण क्षणिक रुपमै भएपनि सेयर बजारमा सकारात्मक प्रभाव पर्नेछ ।’ सोही अनुरुप लामो समयदेखि पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरु समेत बजारमा प्रवेश गर्न थालेको ती लगानीकर्ताको भनाई थियो ।

तिहारपछि बढ्न शुरु गरेको बजार आज (आईतबार) पनि ४३.२० अंकले बढ्न पुगेको छ । जसबा म्युचुअल फण्ड बाहेक सबै समुहका परिसुचक उच्च अंकले बढ्न पुगेका छन् । विशेषगरी आईतबार लगानीकर्ताको आकर्षण माईक्रोफाइनान्स समुहका कम्पनीहरुमा देखिएको छ । सोही अनुरुप लघुवित्त समुहका ४ कम्पनीले मुल्य बढेर सर्किट हानेको छ ।

यसैगरी आईतबार कारोबार रकममा पनि सुधार आएको छ । लामोसमयदेखि १ अर्ब रुपैयाभन्दा तलक कारोबार हुँदै आएको बजारमा आईतबार १ अर्ब ५४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ भने धेरैजसो कम्पनीको सेयरको सप्लाईभन्दा डिमाण्ड बढी रहेको थियो । तसर्थ चुनावी माहोलमा बजारमा स्रोत नखुलेको रकम भित्र्याउन समेत केही सहज हुने र अन्य उद्योग व्यवसाय समस्यामा परेको अवस्थामा सेयर बजारमा केही उत्साह देखिने सम्बद्ध लगानीकर्ताहरुनै बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL