काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायुको प्रभाव केही कमजोर बनेको र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
यसले गर्दा नेपालबाट अब छिट्टै मनसुन बाहिरिने सम्भावना छ । नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो । यसमा तलमाथि हुन सक्ने र मनसुन कमजोर भएपनि नबाहिररिँदासम्म यसको असर रहिरहने महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा ९असोज ५ गते विहान ६ बजेदेखि ६ गते विहानसम्म० यस्तो छ वर्षाको अनुमान–
आज दिउँसो स् कोसी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ। कोसी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका केही स्थानमा, बाँकी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एक९दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
आज राति स् कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाड भेगमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोसी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा देशका बाँकी भूभागका एक(दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।